प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा इनड्राइभको सात करोड ५० लाख सहयोग
baahrakhari.com · Thu Sep 10 07:50:45 GMT 2026

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सात करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । बुधबार (भदौ २४) उक्त सहयोग रकमबराबरको बैंक चेक इनड्राइभ नेपालका प्रतिनिधिको उपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो ।
कोषमा गरिएको आर्थिक सहयोगसँगै इनड्राइभले बाढी प्रभावित समुदायसम्म प्रत्यक्ष राहत पनि पुर्याएको छ । यसअन्तर्गत नुवाकोटको विदुर नगरपालिका–९ का बाढी प्रभावित परिवारलाई खाद्यान्न, सोलार बत्ती, इन्डक्सन चुलो, ब्ल्यांकेट, स्यानिटरी प्याडलगायत अत्यावश्यक सामग्री वितरण गरिएको कम्पनीले जनाएको छ ।
Read full story at source (baahrakhari.com)