महावीरलाई हर्कले भने- तपाईँ सत्ता कि प्रतिपक्ष हो छुट्याउनुस्
nepalpress.com · Thu Jun 18 08:47:58 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई आफू सत्तापक्ष कि प्रतिपक्ष हो भन्ने थाहा पाउनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको प्रश्नोत्तर क्रममा सरकारले गुनासो गर्ने नभई समाधान दिनुपर्ने बताए।
उनले भने,‘मन्त्रीज्यूले थुप्रै लामै कुराहरू सुनाउनुभयो। तर सरकारले गुनासो गर्ने होइन। मन्त्रीज्यू सत्ता पक्ष हो कि प्रतिपक्ष हो भन्ने कुरा थाहा हुनुपर्छ। यस्तो कानुन भएन, उस्तो कानुन भएन भनेर त्यो लामो गीत हामीलाई सुनाउनुभयो।’
Read full story at source (nepalpress.com)