सहकारी संघलाई नयाँ बचत र ऋण कारोबारमा रोक
onlinekhabar.com · Thu Sep 10 07:59:41 GMT 2026

२५ भदौ, काठमाडौं । सहकारी विभागले सहकारी संघहरूलाई नयाँ कारोबारमा रोक लगाएको छ । विभागले संघहरूलाई नयाँ निक्षेप नलिन तथा नयाँ कर्जा नदिन निर्देशन दिएको हो ।
सहकारी ऐन, २०७४ को दफा ५० को उपदफा ९ को व्यवस्था कार्यान्वयनका लागि बचत तथा ऋणको नयाँ कारोबार नगर्न भनिएको विभागले जनाएको छ । सो दफाको उपदफा ९ मा सहकारी संघले बचत तथा ऋणको कारोबार गर्न सक्ने छैनन् भन्ने उल्लेख छ ।
Read full story at source (onlinekhabar.com)