ग्यास आपूर्ति सहज बनाउन नसकेपछि उद्योग मन्त्री यादवले दिइन् राजीनामा
annapurnapost.com · Thu Sep 10 07:59:27 GMT 2026

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गोरीकुमारी यादवले राजीनामा दिएकी छन्। ग्यास आपूर्ति सहज बनाउन नसकेपछि विवादमा परेकी यादवले आज प्रधानमन्त्री बालेन शाह समक्ष राजीनामा बुझाएकी हुन्।
बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादवको धम्कीपूर्ण अभिव्यक्तिले एलपी ग्यास उद्योगीहरू बिच्किएका थिए। संसदीय समितिको बैठकमा बोल्दै मन्त्री यादवले उद्योगी र कर्मचारीको मिलेमतोका कारण ग्यास क्षेत्रमा सुधार गर्न नसकिएको आरोप लगाएकी थिइन्।
Read full story at source (annapurnapost.com)