ओलीको विस्फोटक चेतावनी : ‘देश २५ वर्ष पछाडि धकेलियो, आज रमाउनेले भोलि परिणाम भोग्नेछन्!’
barnanmedia.com · Thu Sep 10 08:02:40 GMT 2026

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो घटनाक्रमलाई देशका लागि ‘कालो दिन’ भन्दै नेपाल कम्तीमा २५ वर्षभन्दा बढी पछाडि धकेलिएको टिप्पणी गरेका छन्। उनले नाराबाजी गर्न सजिलो भए पनि पछाडि परेको देशलाई फेरि अगाडि बढाउन कठिन हुने भन्दै अहिले रमाइरहेकाहरूले समेत भविष्यमा त्यसको असर भोग्नुपर्ने बताएका छन्।
गृहमन्त्री सुदन गुरुङको अभिव्यक्तिबारे प्रतिक्रिया दिँदै ओलीले ‘पहिले हेलिकप्टर चढेर भागेको थियो, अब हेलिकप्टर पनि हाम्रै हातमा छ, चढिहाल्यो भने पनि झारिदिन्छौँ’ भन्ने शैलीको अभिव्यक्तिको आलोचना गरे। ओलीले यस्ता ‘केटाकेटी’ धेरै आएको–गएको भन्दै आफूहरूले त्यसबाट सिक्ने बताएका छन्।
Read full story at source (barnanmedia.com)