मुक्तिनाथ विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग
annapurnapost.com · Fri Aug 28 15:07:14 GMT 2026

काठमाडौं : मुक्तिनाथ विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गरेको छ। भोटेकोशीमा आएको भीषण बाढीले गरेको विनाशबाट प्रभावित भएकाहरुको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग जम्मा गरिएको बैंकले जनाएको छ।
देशको विभिन्न क्षेत्रमा बाढीका कारण जनधनको क्षति हुनुका साथै ठूलो संख्यामा नागरिक प्रभावित भएको कठिन परिस्थितिमा पीडित परिवारको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउनु बैंकको सामाजिक उत्तरदायित्व बैंक जनाएको छ।
Read full story at source (annapurnapost.com)