सांसद थापाको प्रश्न– जनप्रतिनिधि नै हिंसात्मक आक्रमणमा संलग्न छन्, पीडितले न्याय कहाँ खोज्ने ?
ratopati.com · Thu Sep 10 08:18:40 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद माधवबहादुर थापाले जनप्रतिनिधिबाटै भएको हिंसात्मक घटनाप्रति आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको बैठकमा उनले जनप्रतिनिधिको नेतृत्वमा भएको कुटपिटको घटनाले विधिको शासनमाथि नै प्रश्न उठाएको बताए।
सांसद थापाले पाल्पामा श्रमिकहरूमाथि भएको घटनाबारे जानकारी दिँदै भने, ‘हिजो मेरो जिल्ला पाल्पाका श्रमिकहरू कामको सिलसिलामा भेला भई कुराकानी गरिरहेको अवस्थामा भूमिकास्थान नगरपालिका–८ का वडाध्यक्ष राजु श्रेष्ठ र अर्जुन श्रेष्ठसहितको समूहले उनीहरूमाथि मरणासन्न हुनेगरी कुटपिट गरेको छ।’
Read full story at source (ratopati.com)