एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सका पोर्टफोलियो कम्पनीबाट ५६ लाखभन्दा बढी सहयोग
news24nepal.tv · Thu Sep 10 08:18:40 GMT 2026

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र एनआईबीएल इक्विटी पार्टनर्सबाट रु. २१ लाख सहयोग गरिएको छ। उक्त सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रदान गरिएको हो।
यसैगरी, एनआईबीएल इक्विटी पार्टनर्सका पोर्टफोलियो कम्पनीहरूबाट समेत प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि सामूहिक रूपमा करिब रु. ३५ लाख नगद सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ। यससँगै एनआईएमबी एस क्यापिटल, एनआईबीएल इक्विटी पार्टनर्स तथा यसका पोर्टफोलियो कम्पनीहरूबाट बाढी प्रभावितका लागि रु.५६ लाखभन्दा बढी सहयोग जुटाइएको छ।
Read full story at source (news24nepal.tv)