ग्यास अभावविरुद्ध विद्यार्थीको सांकेतिक विरोध, दाउरामा पकाए खाना [भिडियो]
hamrakura.com · Thu Sep 10 00:00:00 GMT 2026

काठमाडौँ। बजारमा ग्यास अभावको समस्या समाधानका लागि सरकारले पहल नगरेको आरोप लगाउँदै विद्यार्थीहरूले सांकेतिक विरोधस्वरूप रत्न राज्यलक्ष्मी क्याम्पसमा दाउराको चुल्हो बालेर खाना पकाएका छन्।
बजारमा देखिएको ग्यास अभावप्रति सरकारको ध्यानाकर्षण गराउन र दबाब बढाउन अखिल (क्रान्तिकारी) आबद्ध विद्यार्थीहरूले क्याम्पस गेट बाहिरै दाउरामा खाना पकाएर खाएका हुन्। विद्यार्थी नेता नीरद श्रेष्ठले सरकारले ग्यास आपूर्तिको लागि कुनै प्रभावकारी पहल नगर्दा दुई हप्तादेखि घरमा चुल्हो बलेको छैन भन्दै आक्रोश व्यक्त गरे।
Read full story at source (hamrakura.com)