च्यारिटी गल्फको उपाधि बोहोरा र श्रेष्ठलाई
gorkhapatraonline.com · Mon May 25 13:48:03 GMT 2026
१० औँ एडसन च्यारिटी गल्फ प्रतियोगिताको उपाधि गोविन्द बोहोराले जित्नुभएको छ। गोकर्ण फरेस्ट रिसोर्ट गल्फ क्लबमा सम्पन्न प्रतियोगिताको महिलातर्फ भने विपना श्रेष्ठले ३६ अङ्कका साथ उपाधि चुम्नुभएको हो।
१८ ह्यान्डिक्यापमा खेलेका बोहोराले ४३ स्टेबलफोर्ड अङ्क जोड्दै मुख्य उपाधि जित्नुभएको हो। प्रतियोगितामा ४१ अङ्क प्राप्त गरी इन्द्रधारा विष्ट उपविजेता बन्नुभयो। ४१ अङ्क नै जोडेका नवाङ पासाङ शेर्पासँग विष्टको बराबरी भए पनि काउन्टब्याकका आधारमा विष्टलाई उपविजेता घोषणा गरिएको हो। विष्टले ब्याकनाइनमा २१ अङ्क जोड्नुभएको थियो भने शेर्पाले १७ अङ्क मात्र प्राप्त गर्नुभयो।
Read full story at source (gorkhapatraonline.com)