सिंगापुरका नेपाली समुदायद्वारा बाढीपीडितका लागि १७ लाख आर्थिक सहयोग
gorkhapatraonline.com · Thu Sep 10 08:26:10 GMT 2026

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोपछिको विपदबाट प्रभावित समुदायको राहत तथा पुनः स्थापनाका लागि ‘नेपालिज सोसाइटी सिंगापुर’ले सहयोग अभियान सञ्चालन गरेको छ ।
नेपालिज सोसाइटी सिंगापुरले आफ्ना सदस्य, तथा शुभेच्छुकबिच सञ्चालन गरेको निजी सहयोग संकलन अभियानबाट संकलन गरी नबिल बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पहिलो चरणको १७ लाख ११ हजार पाँच सय ८५ रुपिया ५७ पैसा रकम हस्तान्तरण गरेको छ । उक्त पहिलो चरणको रकम भदौ १८ गते नै जम्मा गरिएको हो ।
Read full story at source (gorkhapatraonline.com)