न्यायाधीश रेग्मी र प्रमुख आयुक्तविरुद्धको महाभियोग निवेदन दर्ता भएको छैन [भिडियो]
hamrakura.com · Thu Sep 10 00:00:00 GMT 2026

काठमाडौँ। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन परे पनि त्यो कानुनी रूपमा दर्ता नभएको संसद् सचिवालयले स्पष्ट पारेको छ।
केही साताअघि नागरिक शंकर रजकले न्यायाधीश रेग्मी र प्रमुख आयुक्त राईमाथि महाभियोग लगाउन माग गर्दै सचिवालयमा निवेदन दिएका थिए। सार्वजनिक पदमा रहेका उच्च अधिकारीविरुद्ध महाभियोगको चर्चा चलेपछि संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले संवैधानिक र कानुनी प्रक्रिया पूरा नभएकाले उक्त निवेदन महाभियोग प्रस्तावका रूपमा दर्ता हुन नसक्ने प्रस्ट पारेका हुन्।
Read full story at source (hamrakura.com)