बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
nepalnews.com · Thu Sep 10 08:32:35 GMT 2026

बाँके। जेन-जी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बाल सुधारगृह र एउटा कारागारबाट फरार भएका ३४० जनामध्ये १७१ जना कैदी तथा बालबन्दीलाई पक्राउ गरिएको छ। सो अवधिमा अझै १६९ जना बालबन्दी तथा कैदी बन्दी सम्पर्कमा आउन सकेका छैनन्। गत वर्ष भदौ २३ र २४ गते राति उनीहरू फरार भएका थिए।
जिल्लाको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृह, डुडुवा गाउँपालिकास्थित जयन्दु बाल सुधारगृह र नौबस्ता क्षेत्रीय कारागारबाट भागेका थिए। तीमध्ये जयन्दु बाल सुधारगृहबाट भागेका ११५ जनामध्ये ६८ जना, नौबस्ता बाल सुधारगृहबाट भागेका ७८ जनामध्ये ४७ जना र क्षेत्रीय कारागार नौबास्ताबाट फरार भएका १४७ जनामध्ये ५६ जना पक्राउ परेका छन् ।
Read full story at source (nepalnews.com)