ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
annapurnapost.com · Sat Jun 27 01:40:17 GMT 2026

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि शुक्रबार साँझ उनलाई पक्राउ गरेको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए।
उनका अनुसार हात्तीगौँडामा सञ्चालित टुंगरम इन्टरनेशनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार रकम अपचलन गरेर आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको हो। सीआईबीका प्रवक्ता जबराले टुंगरम एकेडेमीका तर्फबाट अख्तियारप्राप्त रामचन्द्र बहाला श्रेष्ठको जाहेरीमा शेर्पालाई पक्राउ गरेको बताए।
Read full story at source (annapurnapost.com)