मुस्ताङमा गएको भूकम्पको धक्काले घर र भौतिक संरचनामा क्षति, तत्काल राहत र उद्धारको माग
ratopati.com · Thu Sep 10 08:39:32 GMT 2026

काठमाडौँ । मुस्ताङको लोमान्थाङ क्षेत्रमा गएको भूकम्पले व्यापक क्षति पुर्याएको भन्दै सांसद योगेश गौचन थकालीले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकमा सांसद थकालीले हालै मुस्ताङमा गएको भूकम्पबाट भएको क्षतिको विवरण प्रस्तुत गर्दै तत्काल राहत र पुनःस्थापनाको काम थाल्न सरकारसँग माग गरेका हुन्।
सांसद थकालीका अनुसार गत भदौ २३ गते राति मुस्ताङको लोमान्थाङ गाउँपालिका केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पपछि पछिल्लो २४ घण्टामा करिब ८ पटकसम्म झट्का महसुस गरिएको छ।
Read full story at source (ratopati.com)