सुदूरपश्चिम नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्णप्रकाश भट्ट नियुक्त
kendrabindu.com · Fri Aug 28 15:15:51 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष र सदस्य नियुक्त गरेको छ । मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा गोकर्णप्रकाश भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
भट्ट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेका बेला उहाँका स्वकीय सचिवका रूपमा कार्यरत थिए । मन्त्रिपरिषद्ले आयोगको सदस्यमा नेकपा एमालेका तर्फबाट गंगादत्त जोशी र हिरा चन्दलाई पनि नियुक्त गरेको छ । चन्द यसअघि पनि आयोगको सदस्य भइसकेका व्यक्ति हुन् ।
Read full story at source (kendrabindu.com)