‘सिंहदरबारकै पुनर्निर्माण सुस्त छ, रसुवा-नुवाकोटमा छिटो हुन्छ भनेर कसरी विश्वास गर्ने ?’
onlinekhabar.com · Thu Sep 10 09:03:25 GMT 2026

२५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले रसुवा बाढीपछिको पुनर्निर्माण शीघ्र हुनेमा शंका व्यक्त गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जलेको सिंहदरबार र संसद् भवन अझै पुनर्निर्माण हुन नसकेको बताउँदै बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा कसरी विश्वास गर्ने ? भन्दै सरकारमाथि प्रश्न उठाएका हुन् ।
‘राज्यको मुटु नै मानिने सिंहदरबार र सार्वभौम संसद्कै निर्माण गति यति धेरै सुस्त हुँदै गर्दाखेरि रसुवा र नुवाकोटका नागरिकले पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’, महामन्त्री आचार्यले प्रश्न गरे ।
Read full story at source (onlinekhabar.com)