कोरला भन्सारमा कन्टेनर र ईभीको लाम, लक्षित राजस्व बढ्ने निश्चित
corporatenepal.com · Thu Sep 10 09:00:59 GMT 2026

मुस्ताङ । तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका लागि मात्रै सीमित थियो । कोभिड महामारीअघि चीनको तिब्बती भूमि झोङ्वासेन पठारमा बर्सेनि असार र भदौ महिनामा सीमित समयका लागि मात्रै कोरला नाकाको ढोका खुला हुन्थ्यो ।
नेपाल–चीन सीमावर्ती क्षेत्रका नागरिकका लागि दैनिक उपभोग्य वस्तुहरुको किनमेल गर्न चीन पक्षले कोरला नाकाको तिब्बती भूमिमा अल्पकालीन अन्तरदेशीय व्यापार मेला चलाउथ्यो । कोभिडका कारण एकपक्षीय रुपमा चीनले लगातार चार वर्ष कोरला नाका पूर्ण रुपमा बन्द गर्यो ।
Read full story at source (corporatenepal.com)