सरकारी कर्मचारी हनी ट्र्यापमा, महिला कारागारमा
onlinekhabar.com · Thu Sep 10 09:39:20 GMT 2026

२५ भदौ, काठमाडौं । उच्च तहका सरकारी कर्मचारी नै हनी ट्र्यापममा परेको खुलेको छ । हनी ट्र्यापमा पारेर रकम असुलेको आरोपमा एक महिला पुर्पक्षका लागि कारागार चलान भएकी छिन् ।
कारागार चलान हुनेमा रामेछाप घर भएकी ३२ वर्षीय कुसुम गुभाजु नाम गरेकी महिला हुन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले बुधबार उनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । अदालतको आदेश अनुसार प्रहरीले उनलाई कारागार चलान गरेको छ ।
Read full story at source (onlinekhabar.com)