बदामको बटर कला पुनः प्रदर्शनमा
barnanmedia.com · Thu Jul 09 20:15:00 GMT 2026

डच अवधारणात्मक कलाकार विम टी. सिप्पर्सको स्मृतिमा उहाँको चर्चित कलाकृति ‘पिन्डाकासभ्लोर’ (बदामको बटर फ्लोर) पुनः नेदरल्यान्ड्सको रोट्टेरडामस्थित म्युजियम बोइजमन्स भ्यान ब्युनिन्जेनमा प्रदर्शनमा राखिएको छ । शुक्रबारदेखि सुरु हुने दुईमहिने प्रदर्शनीका लागि ८०० पाउन्डभन्दा बढी बदामको बटर प्रयोग गरी सङ्ग्रहालयको भुइँमा कलाकृति तयार गरिएको हो ।
त्रियासी वर्षको उमेरमा निधन भएका सिप्पर्सले सन् १९६९ मा पहिलोपटक यो अवधारणात्मक कलाकृति सिर्जना गर्नुभएको थियो । परम्परागत कला अवधारणालाई चुनौती दिने उहाँले काँचका टुक्रा, नुन र अन्य सामग्रीले भुइँ ढाक्ने शृङ्खलाअन्तर्गत यो कृति बनाउनु भएको थियो । उहाँ डच संस्करणको बाल कार्यक्रम ‘सेसमी स्ट्रिट’ मा एर्नी र कर्मिट द फ्रग पात्रलाई स्वर दिनुभएको कलाकारका रूपमा पनि परिचित हुनुहुन्थ्यो ।
Read full story at source (barnanmedia.com)