भोटेकोशी बाढी : एडिबीको ७६ करोडको ‘रेस्क्यु फन्ड’
nepalpress.com · Fri Aug 28 15:23:44 GMT 2026

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) ले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतका लागि ५० लाख अमेरिकी डलर (करिब ७६ करोड रुपैयाँ) अनुदान स्वीकृत गरेको छ।
एडिबीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार उक्त अनुदानबाट खोज तथा उद्धारका सामग्री, औषधि, खाद्यान्न, सुरक्षित खानेपानी, अस्थायी आश्रय तथा सरसफाइ सामग्री उपलब्ध गराउन सहयोग गरिनेछ । आपत्कालीन पूर्वाधार निर्माणका लागि समेत अनुदान रकम प्रयोग गरिने बैंकले जनाएको छ ।
Read full story at source (nepalpress.com)