१४५ टेलिकम टावर पुन: सञ्चालनमा, जोखिमयुक्त क्षेत्रका नागरिकलाई पठाइयो २ लाख बढी एसएमएस अलर्ट
techpana.com · Fri Aug 28 15:20:02 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बाढीका कारण प्रभावित भएका १९८ वटा टेलिकम टावरमध्ये हालसम्म १४५ वटा सञ्चालनमा आएको जानकारी दिएका छन् । शुक्रबार फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले नेपाल टेलिकमका १२० मध्ये ८२ र एनसेलका ७८ मध्ये ६३ वटा साइट पुन: सञ्चालनमा आएको बताएका हुन् ।
बाँकी रहेका साइटहरूमा पनि प्राविधिक र ऊर्जा स्रोत परिचालन गरी सेवा सुचारु गर्ने काम भइरहेको उनले उल्लेख गरे ।
Read full story at source (techpana.com)