सार्वजनिक सुनुवाइमा लक्षित वर्गको उपस्थिति न्यून
gorkhapatraonline.com · Thu Sep 10 10:04:32 GMT 2026

सर्लाही, भदौ २५ गते । एक वर्षमा लक्षित वर्गका लागि आयोजना गरिएको कार्यक्रमबारे जानकारी दिने लक्ष्यका साथ आयोजना गरिएको सार्वजनिक कार्यक्रममा सेवाग्राहीको उपस्थिति न्यून देखिएको छ । भौगोलिक विकटता, सञ्चार पहुँज असहज उपभोक्ता स्वयम् जागरुक नभएको कारण सार्वजनिक कार्यक्रममा सेवाग्राहीको उपस्थिति न्यून देखिएको हो ।
आर्थिक वर्ष ०८२–०८३ मा नाम्खा गाउँपालिकाले छ वटै वडाका लागि चार सयभन्दा बढी गतिविधिहरु सञ्चालन गरेको र त्यसबारे सम्बन्धित बस्ती, वडाबासीलाई जानकारी दिलाउने उद्देश्यले आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा उपभोक्ताको निक्कै न्यून उपस्थिती भएकोमा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले दुख व्यक्त गर्नुभयो ।
Read full story at source (gorkhapatraonline.com)