नेपाल विशेष सेवा विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित
ratopati.com · Thu Sep 10 10:12:22 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ ।
बिहीबारको सभाको बैठकले उक्त विधेयकलाई पारित गरेको हो । अध्यक्ष नारायणप्रसाद दाहालले सदनको बैठकमा निर्णयार्थ प्रस्तुत गर्दै विधेयक पारित गरेको घोषणा गर्नुभएको हो । यसअघि विधेयमाथि सैद्धान्तिक भएको थियो ।
Read full story at source (ratopati.com)