आईविवीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण
kendrabindu.com · Thu Sep 10 10:36:37 GMT 2026

काठमाडाैं । नेपालमा गुणस्तरीय अष्ट्रेलियन ब्रान्ड आईविवी अष्ट्रेलियाका डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम् हेल्थ केयर प्रोडक्ट्स प्रा. लि. ले भोटेकोशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ नगद सहयोग गरेको छ ।
शुभम् हेल्थ केयर प्रोडक्ट्सले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले आईविवीका उत्पादन बिक्रीबाट प्राप्त रकममध्ये सहयोग जुटाएको हो । उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरिएको जनाइएको छ । चेक हस्तान्तरण गर्दै आईविवी नेपालकी प्रबन्ध निर्देशक ब्यूटी कुमारी सर्राफले विपद्को समयमा सहयोगी हात बन्न पाएकोमा गौरव महसुस भएको बताइन्।
Read full story at source (kendrabindu.com)