बाढीपीडितका लागि एडीबीले ५० लाख अमेरिकी डलर अनुदान दिने
himalpress.com · Fri Aug 28 15:25:39 GMT 2026

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट प्रभावितहरूको तत्काल उद्धार तथा राहतका लागि ५० लाख अमेरिकी डलर (करिब ७६ करोड रुपैयाँ) अनुदान स्वीकृत गरेको छ।
एडीबीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार उक्त अनुदान रकमबाट खोज तथा उद्धारका सामग्री, औषधि, खाद्यान्न, सुरक्षित खानेपानी, अस्थायी आश्रय, सरसफाइ सामग्री, तथा आपत्कालीन पूर्वाधार निर्माणलगायत काममा सहयोग गरिनेछ।
Read full story at source (himalpress.com)