‘नेपाल विशेष सेवा ऐनको साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक’ पारित
nepalnews.com · Thu Sep 10 10:41:06 GMT 2026

काठमाडौं। विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ।
‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेकी थिइन्। यसअघि प्रधानमन्त्री शाहका तर्फबाट कानुनमन्त्री गौतमले सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। प्रस्ताव प्रस्तुत गर्दै मन्त्री गौतमले रिक्त भएको दफालाई जगाउने व्यवस्थाका लागि विधेयक ल्याइएको बताइन्।
Read full story at source (nepalnews.com)