राष्ट्रियसभामा कानुनमन्त्री सोविता गौतमले मागिन् माफी
annapurnapost.com · Thu Sep 10 10:41:00 GMT 2026

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राष्ट्रिय सभामा माफी मागेकी छन्। बिहीबार राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दै भदौ २३ गते दिएको अभिव्यक्तिप्रति माफी मागेकी हुन्।
मन्त्री गौतमले प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डै दुई तिहाइ भए पनि राष्ट्रिय सभामा आफूहरूको उपस्थिति नहुँदा कानुन बनाउन असहज भएको बताएकी थिइन्। उनले राष्ट्रियसभामा रास्वपाको उपस्थिति नभएकै कारण कानुन बनाउन नसकिएको संकेत गरेकी थिइन्।
Read full story at source (annapurnapost.com)