रसुवा बाढीपीडितका लागि विशेष राहत, शैक्षिक प्याकेज र ऋण मिनाहाको माग
hamrakura.com · Thu Sep 10 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका सांसद मोहन आचार्यले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका लागि तत्काल विशेष राहत प्याकेज ल्याउन सरकारसँग जोडदार माग गरेका छन्। बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बाढीका कारण बालबालिकाको शिक्षा, व्यवसायीको ऋणको भार तथा समग्र जनजीवन गम्भीर संकटमा परेको बताएका हुन्।
अभिभावक गुमाएका बालबालिकासँगै अन्य प्रभावित परिवारका बालबालिकाको भविष्यसमेत अन्धकार बन्दै गएको उल्लेख गर्दै उनले शिक्षाका लागि विशेष शैक्षिक प्याकेज ल्याउन माग गरे। होटल, पर्यटन तथा विभिन्न व्यवसायमा संलग्न उद्यमीहरूले बाढीमा आफ्नो सम्पूर्ण श्रीसम्पत्ति गुमाउनुका साथै ठूलो ऋणको भारसमेत बोक्नुपरेको बताउँदै उनले उनीहरूको वर्तमान र भविष्य सुरक्षित गर्न विशेष राहत तथा कर्जा सम्बन्धी प्याकेजको आवश्यकता औँल्याए। साथै, क्षतिग्रस्त क्षेत्रमा बिमा रकम शीघ्र उपलब्ध गराउन र सडक सञ्जाल विच्छेद भएका कारण १३ वटा वडामा हेलिकोप्टर (एअरलिफ्ट) बाहेक अन्य विकल्प नभएकाले तीन तहका सरकारले तत्काल सडक सञ्जाल पुनर्स्थापना गर्नुपर्ने उनको जोड थियो।
Read full story at source (hamrakura.com)