सीके राउतसँग खटपट भएपछि रास्वपा प्रवेश गरेका साह मन्त्री बन्दै
annapurnapost.com · Thu Sep 10 10:53:12 GMT 2026

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपककुमार साह सिफारिस भएका छन्। गौरीकुमारी यादवले राजीनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ मन्त्रीमा साहको नाम सिफारिस गरेका हुन्।
उनी सुनसरी क्षेत्र नं ४ बाट विजयी भएका थिए। उनले नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र कार्कीलाई पराजित गरेका थिए। उनले सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरी रास्वपामा प्रवेश गरेका थिए। राउतसँग खटपट भएपछि उनी रास्वपामा भित्रिएर चुनाव जितेका थिए।
Read full story at source (annapurnapost.com)