रसुवा बाढीपछिको पुनर्निर्माणमा ४ अर्ब डलर लाग्ने प्रारम्भिक अनुमान
ratopati.com · Thu Sep 10 11:11:09 GMT 2026

काठमाडौँ । रसुवामा बाढी तथा पहिरोले पुर्याएको क्षतिको पुनर्निर्माणका लागि करिब ४ अर्ब डलर लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगका सदस्य तथा पूर्वाधार विज्ञ अर्जुनजंग थापाका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको प्रारम्भिक अध्ययनबाट उक्त अनुमान निकालिएको हो ।
योजना आयोगका सहसचिवको नेतृत्वमा खटिएको विज्ञ टोलीले स्थलगत अध्ययन तथा क्षतिको विवरण संकलन गरी पुनर्निर्माण लागतको खाका तयार पारेको थापाले जानकारी दिए ।
Read full story at source (ratopati.com)