प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित
ratopati.com · Thu Sep 10 11:10:17 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक १० मिनेटका लागि स्थगित भएको छ। बैठकमा सांसदहरूले उठाएका जनसरोकारका विषयहरू र विशेष समय सकिएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन्।
बैठकमा आज विभिन्न राजनीतिक दलका सांसदहरूले जलवायु परिवर्तनको असर, विपद् व्यवस्थापन, ग्यास अभाव, स्वास्थ्य सेवामा देखिएको लापरबाही र सरकारको कार्यशैली लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। विशेष समयमा बोल्ने क्रममा सांसदहरूले सरकारले सदनमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग समेत गरेका थिए।
Read full story at source (ratopati.com)