अपडेट : मालवाहक जहाजमा भीषण आगलागी हुँदा चीनमा कम्तीमा २० जनाको मृत्यु
ratopati.com · Thu Sep 10 11:30:26 GMT 2026

बेइजिङ । चीनको पूर्वी बन्दरगाह सहर छिङदाओमा मर्मतका लागि राखिएको विदेशी झन्डावाहक मालवाहक जहाजमा भीषण आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार जहाजमा कुल ४२ जना सवार थिए । तीमध्ये १२ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ भने पाँच जना घाइते भएका छन् । उनीहरूलाई अस्पताल लगिएको र अवस्था स्थिर रहेको बताइएको छ । थप पाँच जना अझै बेपत्ता रहेको अन्तर्राष्ट्रिय समाचार एपीले चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै जनाएको छ ।
Read full story at source (ratopati.com)