प्रमुख प्रशासकीय अधिकृतसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा
gorkhapatraonline.com · Thu Sep 10 11:39:36 GMT 2026

धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार धनौजी गाउँपालिका गौरदाहादेखि लखौरीसम्म सडक निर्माण ठेक्काको बोलपत्र आह्वान र बोलपत्र आशयको सूचना प्रकाशित नगरेको तथा निर्माण कार्यमा कुनै काम नै नगरी झुट्टा प्राविधिक बिल, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराइ भ्रष्टाचार गरेको आरोप लागेको छ ।
Read full story at source (gorkhapatraonline.com)