एम्बाप्पेको पुनरागमनसँगै फ्रान्स सेमिफाइनलमा, मोरक्कोलाई २-० ले पराजित
kalakarmi.com · Thu Jul 09 22:34:52 GMT 2026
काठमाडौं- कप्तान किलियन एम्बाप्पेले पहिलो हाफमा पेनाल्टी गुमाए पनि दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै गोल र असिस्ट दुवै गरेपछि फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
बोस्टनमा बिहीबार राति सम्पन्न क्वार्टरफाइनल खेलमा प्रशिक्षक डिडिएर डेसचाम्प्सको टोली फ्रान्सले सुरुदेखि नै खेलमा पूर्ण नियन्त्रण जमाएको थियो। खेलको चौथो मिनेटमै एम्बाप्पेको प्रहार थोरैले बाहिरिएको थियो भने त्यसलगत्तै डायोट उपामेकानोको हेडर मोरक्कोका गोलरक्षक बोनोले बचाएका थिए ।
Read full story at source (kalakarmi.com)