सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
barnanmedia.com · Thu Jul 09 22:34:52 GMT 2026

बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्ने योजना अघि बढाएको छ । अस्पतालले पालिकाका नगर अस्पताल र आधारभूत अस्पतालमध्ये एउटामा भरतपुर अस्पतालका चिकित्सकद्वारा बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन गर्ने योजना अघि बढाएको हो ।
यसका लागि अस्पतालले पालिकाका प्रमुखसँग छलफल अघि बढाइसकेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.विश्वबन्धु बगालेले भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीसहितको टोलीसँग शारदानगर हेल्थपोष्ट स्थलगत अध्ययन गरेको छ ।
Read full story at source (barnanmedia.com)