मुख्य राजमार्गहरू बाढी र पहिरोका कारण अवरुद्ध, यस्तो छ पछिल्लो अवस्था
ratopati.com · Thu Sep 10 12:09:15 GMT 2026

काठमाडौँ। देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण बागमती र कर्णाली प्रदेशका प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन् । बिहीबार दिउँसो १५ : ३० बजेसम्मको अद्यावधिक तथ्याङ्कअनुसार सम्भावित बाढी र पहिरोका कारण कैयौँ सडक खण्डहरू पूर्ण रूपमा ठप्प छन् भने केही स्थानमा एकतर्फी मात्र सवारी साधन सञ्चालन भइरहेका छन्।
बागमती प्रदेशअन्तर्गत काभ्रेको बि.पि. राजमार्गमा पर्ने खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा अर्को सूचना नभएसम्मका लागि निश्चित समय सीमा तोकेर सवारी साधन सञ्चालन गर्न दिइएको छ। भदौ १६ गते साँझ १९ : ०० देखि बिहान ०५ : ०० बजेसम्म १० टनसम्मका मालवाहक सवारी सञ्चालन गर्न दिइएको छ। त्यसैगरी बिहान ०४ : ०० बजेदेखि साँझ १८ : ०० बजेसम्म परिस्थितिको विचार गरी अन्य सवारी साधनहरू सुचारु गर्ने व्यवस्था मिलाइएको छ।
Read full story at source (ratopati.com)