दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री
onlinekhabar.com · Thu Sep 10 12:07:44 GMT 2026

२५ भदौ, काठमाडौं । खाना पकाउने ग्यासको समस्या समाधान गर्न नसकेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा दिइन् । उनको स्थानमा सुनसरी-४ बाट निर्वाचित दीपककुमार साह नियुक्त भएका छन् । साहले बिहीबार नै पदीय जिम्मेवारी सम्हालेका छन् ।
पार्टी बनाउँदै र छोड्दै हिँडेका नवनियुक्त उद्योग मन्त्री साहले यसबीचमा चार वटा पार्टी चहारिसकेका छन् । उनले जनमत पार्टी गठन गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । जनमत पार्टी गठन गर्ने बेला डा. सीके राउतका सारथि साह रास्वपा सांसद हुँदै मन्त्री पदमा पुगेका छन् ।
Read full story at source (onlinekhabar.com)