अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधिनजिक
gorkhapatraonline.com · Thu Sep 10 12:11:55 GMT 2026
अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको छ। अन्नपूर्ण १२ अङ्कको स्पष्ट अग्रतासहित अङ्कतालिकामा शीर्ष स्थानमा रहँदै उपाधि भिडन्तमा पुगेको हो। लिगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा अन्नपूर्णले सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा पराजित गरेको छ । पहिलो सेटमा २१–२५ ले पछि परेको अन्नपूर्णले बाँकी सेटको नतिजा लगातार आफ्नो पक्षमा पारेको छ । अन्नपूर्णले दोस्रोमा २५–२३, तेस्रोमा २५–१४ र चौथोमा २५–२० को प्रदर्शन गर्दै जित सुनिश्चित गरेको छ । अन्नपूर्णका एन्ख एर्डेन जार्गाल्ट्सगोट ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो।
Read full story at source (gorkhapatraonline.com)