राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग
ratopati.com · Thu Sep 10 12:18:41 GMT 2026

बाँके । बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा पर्ने सिधनियाघाटस्थित राप्ती नदीमा निर्माणाधीन पुललाई विस्तार गरी नदीको पूरै बहाव क्षेत्र समेट्नुपर्ने स्थानीयको माग छ । निर्माणाधीन ७०० मिटर लामो पुललाई थप ४४० मिटरमा विस्तार गर्न सके बाढी, डुबान तथा कटानको जोखिम न्यूनीकरणसँगै आवागमनमा समेत थप सहजता हुने स्थानीयको भनाइ छ ।
“पुल निर्माण भइरहेको छ, अब बाँकी भागमा पनि विस्तार गरेर नदीको पूरै बहाव क्षेत्रलाई समेट्ने गरी काम अघि बढाउन सके अझ प्रभावकारी हुने थियो”, राप्तीसोनारी–६ का वडाध्यक्ष लवराज खरेलले भन्नुभयो । उहाँका अनुसार सिधनियाघाटमा ७०० लामो र ११ मिटर चौडाइको नयाँ पक्की पुल निर्माण भइरहेको छ । पुरानो ३५० मिटर लामो एक लेनको पुल सञ्चालनमा रहेकै अवस्थामा सरकारले थप फराकिलो र लामो पुल निर्माण सुरु गरेको उहाँको भनाइ छ ।
Read full story at source (ratopati.com)