जलवायुजन्य प्रकोपः हिमाली मुलुकको अर्थतन्त्रमाथिको प्रहार
gorkhapatraonline.com · Thu Sep 10 12:21:04 GMT 2026

काठमाडौँ, भदौ २५ गते । हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर बढ्दै जाँदा बाढी, पहिरो, हिमताल विस्फोट तथा अन्य जलवायुजन्य विपद्को स्वरूप र तीव्रता परिवर्तन हुन थालेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गर्नुभएको छ । पछिल्लो समय रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले हिमाली क्षेत्र जलवायु परिवर्तनको बढ्दो जोखिममा रहेको देखाएको उहाँहरुको भनाइ छ ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को अध्ययनअनुसार हिन्दू कुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर विश्वकोे औसतको तुलनामा तीन गुणा बढी छ । उक्त संस्थाका अनुसार क्षेत्रमा सन् २०११ देखि सन् २०२० को एक दशकमा त्यसअघिको तुलनामा हिमनदी पग्लने क्रम ६५ प्रतिशतले बढी छ । जलवायु परिवर्तनका कारण हुने यस्ता विपदले मानवीय क्षतिसँगै सडक, पुल, जलविद्युत, पर्यटन, कृषि तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुर्याउँदा हिमाली मुलुकको अर्थतन्त्र नै जोखिममा पर्न थालेको विज्ञहरूको भनाइ छ ।
Read full story at source (gorkhapatraonline.com)