भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
ratopati.com · Sat Jun 27 02:13:05 GMT 2026

काराकास । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा परी ९०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने ३ हजार ३ सय ६० भन्दा बढी घाइते भएका छन्। सरकारका अनुसार भग्नावशेषमा पुरिएकाहरूका लागि उद्धार कार्य तीव्र पारिएको छ भने हराइरहेका परिवारका सदस्यहरूको पर्खाइमा मानिसहरू छटपटाइरहेका छन्।
देशको उत्तरी क्षेत्र र राजधानी काराकासका दर्जनौँ भवनहरू भत्किएपछि घाइतेहरूको अस्थायी चिकित्सा शिविरहरूमा उपचार भइरहेको छ। एक सरकारी उच्च अधिकारीले देशमा सयौँको संख्यामा अन्तर्राष्ट्रिय उद्धारकर्मीहरू आइसकेको र अन्य टोलीहरू आउने क्रम जारी रहेको जानकारी दिएका छन्।
Read full story at source (ratopati.com)