धरानमा सर्पदंशबाट बालिकाको मृत्यु भएको घटनाबारे बीपी प्रतिष्ठानले दियो स्पष्टीकरण
ratopati.com · Thu Sep 10 12:42:35 GMT 2026

धरान। इटहरी–१ निवासी ८ वर्षीया बालिका अश्वाना चौहानको सर्पदंशबाट भएको मृत्युका सम्बन्धमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले स्पष्टीकरण दिएको छ। प्रतिष्ठानका अनुसार देब्रे हातमा सर्पले टोकेपछि भदौ २४ गते साँझ ६ः ४७ बजे बालिकालाई उपचारका लागि प्रतिष्ठानको बच्चा आकस्मिक कक्षमा ल्याइएको थियो।
आकस्मिक कक्षमा परीक्षण गर्दा बिरामीको अवस्था गम्भीर पाइएको प्रतिष्ठानद्वारा विज्ञप्तिमा उल्लेख छ। बिरामीको मुटुको धड्कन चलिरहेको र श्वासप्रश्वास आफैँ लिइरहेको भए पनि उनी अर्धचेत अवस्थामा रहेकी, बोलाउँदा प्रतिक्रिया नदिने र आँखाले नहेर्ने स्थितिमा थिइन्। बिरामीको गम्भीर अवस्थालाई ध्यानमा राखी चिकित्सक टोलीले तत्काल आपत्कालीन उपचार प्रक्रिया अगाडि बढाएको प्रतिष्ठानले जनाएको छ।
Read full story at source (ratopati.com)