सीके राउतले नपत्याएका इन्जिनियर भए उद्योगमन्त्री
ratopati.com · Thu Sep 10 12:50:23 GMT 2026

काठमाडौँ । सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका ५० वर्षीय दीपक साह काठमाडौँको पुल्चोक इञ्जिनियर कलेजमा पढ्दा त्यहाँ मधेसीमाथि भइरहेको विभेदसँग लड्न मार्सल आर्ट्स सिक्न बाध्य भएका थिए ।
कहिले के त कहिले के बहनामा मधेसी विद्यार्थीमाथि कुटपिट भइरहन्थ्यो । भारत–पाकिस्तानबिचको खेलमा मधेसी विद्यार्थीहरू भारतको पक्षमा उनीहरूमाथि कुटपिट हुन्थ्यो । पढाइमा अब्बल र अनुशासित हुँदा पनि उनीहरूमाथि दुर्व्यवहार हुने गर्थ्यो । कुनै न कुनै बहाना बनाएर मधेसी मूलका विद्यार्थीहरूलाई हेलाँ गरिन्थ्यो, उनीहरूलाई छिःछि र दुर्व्यवहार भइरहन्थ्यो । यस्तो देखेपछि साहले प्रतिकारमा उत्रिन मार्सल आर्ट्सको ट्रेनिङ लिएका थिए ।
Read full story at source (ratopati.com)