होर्मुजनजिकै अमेरिकी मानवरहित पनडुब्बी नियन्त्रणमा लिएको इरानको दाबी
baahrakhari.com · Thu Sep 10 13:02:56 GMT 2026

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले होर्मुज जलमार्ग नजिकै एउटा अमेरिकी मानवरहित पनडुब्बी नियन्त्रणमा लिएको दाबी गरेको छ । खाडी र अरब सागरलाई जोड्ने यो महत्त्वपूर्ण जलमार्गमाथि नियन्त्रण कायम गर्ने विषयलाई लिएर इरान र अमेरिकाबीच जहाजमाथि एकपछि अर्को आक्रमण भइरहेका बेला यो घटना भएको हो ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, नियन्त्रणमा लिइएको मानवरहित पनडुब्बी ‘डाइभ–एलडी’ हो । यो क्यालिफोर्नियास्थित रक्षा प्रविधि कम्पनी ‘एन्डुरिल इन्डस्ट्रिज’ले निर्माण गरेको स्वचालित अन्डरवाटर भेइकल हो । करिब ६ मिटर लामो यो मानवरहित जलयान निगरानी, समुद्री सतहको नक्सांकन तथा समुद्री बारुदी सुरुङ पत्ता लगाउनेलगायत लामो अवधिका मिसनका लागि डिजाइन गरिएको बताइएको छ ।
Read full story at source (baahrakhari.com)