अगस्टमा विश्वकै उच्च तापक्रम
nagariknews.nagariknetwork.com · Thu Sep 10 12:55:06 GMT 2026

युरोपेली सङ्घको जलवायु अनुगमन सेवा कोपर्निकसले गत अगस्टलाई विश्वभर रेकर्ड गरिएको सबैभन्दा तातो महिना भएको जनाएको छ। सो अवधिमा समुद्री सतहको तापक्रमसमेत अभूतपूर्व उचाइमा पुगेको र पश्चिमी युरोपले असाधारण गर्मीको सामना गरेको छ।
कोपर्निकसका अनुसार अगस्टमा विश्वको औसत हावाको तापक्रम १६ दशमलव ९६ डिग्री सेल्सियस पुगेको थियो। यो सन् २०२३ को जुलाईमा कायम भएको अघिल्लो मासिक कीर्तिमानभन्दा ० दशमलव ०१ डिग्री सेल्सियस बढी हो। अन्तर निकै कम भएकाले दुवै महिनालाई संयुक्त रूपमा सबैभन्दा तातो मानिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)