जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या
barnanmedia.com · Thu Jul 09 23:54:12 GMT 2026

धवलागिरि गाउँपालिका–७ स्यानखण्डमा म्याग्दी नदीको कटान र पहिरोको समस्या उत्पन्न गरेको छ । कुल ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माणस्थलबाट निकालिएको माटो नदी किनारमा थुपार्दा स्यानखण्डमा रहेको बगैँचा र पाखोबारीमा क्षति पुगेको हो । म्याग्दी नदीको दायाँ किनारमा रहेको विद्युतगृह निर्माणस्थल भारवाङ मालिका गाउँपालिकाको ७ नम्बर वडाको भूगोलमा पर्छ ।
जलविद्युत् आयोजनाले जथाभावी माटो र ‘मकिङ’ (सुरुङबाट निस्किएको गेगर) थुपारेका कारण म्याग्दी नदीले धार परिवर्तन गरेर बायाँतर्फ रहेको १८ रोपनी जग्गा पहिरो र कटानको चपेटामा परेको जग्गाधनी गजबहादुर थापाले गुनासो गर्नुभयो ।
Read full story at source (barnanmedia.com)