रास्वपा सांसद कमल सुवेदीले सदनमै राखे दाङलाई प्रशासनिक राजधानी बनाउने प्रस्ताव
nepalpress.com · Thu Sep 10 13:28:14 GMT 2026

रुपन्देही । दाङको क्षेत्र नं ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कमल सुवेदीले दाङ उपत्यकालाई देशको प्रशासनिक राजधानी बनाउन सदनमै प्रस्ताव गरेका छन् । आज प्रतिनिधि सभा बैठकमा बोल्दै सुवेदीले दाङ दक्षिण एशियाकै ठूलो उपत्यका भएको र अहिलेको सङ्घीय राजधानी धेरै सानो भएको भन्दै उनले यस्तो प्रस्ताव राखेका हुन् ।
‘हामीले अब विपद्बाट बच्न धेरै क्षेत्रहरू हेर्नुपर्ने हुन्छ, दाङ दक्षिण एशियाकै ठूलो उपत्यका हो, त्यहाँ प्रशासनिक राजधानी राखेर जाँदा धेरै सहज हुन्छ भन्ने लाग्छ’ उनले भनेका छन् –‘ काठमाडौँमा राजधानी अहिले छ । विपद्को हिसाबले हेरौँ वा अन्य जनघनत्वको हिसाबले हेरौँ, यसलाई पनि अब पुनर्विचार गर्ने गरी दाङलाई प्रस्तावका रूपमा अघि बढाऔँ ।’
Read full story at source (nepalpress.com)