रसुवा बाढीप्रति पोर्चुगलस्थित ५० भन्दा बढी देशका कूटनीतिज्ञद्वारा शोक व्यक्त, सहयोगको बचन
onlinekhabar.com · Thu Sep 10 13:25:55 GMT 2026

२५ भदौ, लिस्बन (पोर्चुगल) । रसुवाको भोटेकोशी बाढीबाट नेपालले ब्यहोरेको ठूलो जनधनको क्षतिप्रति पोर्चुगलस्थित नेपाली राजदूतावासमार्फत ५० भन्दा बढी देशका कूटनीतिज्ञहरूले गहिरो दुःख व्यक्त गर्दै ऐक्यबद्धता जनाएका छन्।
पोर्चुगलको राजधानी लिस्बनस्थित नेपाली राजदूतावास पुगेर विभिन्न देशका राजदूत तथा कूटनीतिक प्रतिनिधिहरूले नेपालले सामना गरिरहेको महाविपत्तिप्रति चिन्ता व्यक्त गरेका हुन्। ५० भन्दा बढी मुलुकका प्रतिनिधि तथा पोर्चुगल सरकारका उच्च पदाधिकारीहरूले दूतावासमा राखिएको शोक–पुस्तिकामा हस्ताक्षर गर्दै समवेदना व्यक्त गरेको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले जानकारी दिए।
Read full story at source (onlinekhabar.com)