सप्तरीमा महिलालाई बाँधेर कुटपिट गरेको आरोपमा एक जना पक्राउ
onlinekhabar.com · Fri Jul 10 00:06:11 GMT 2026

२५ असार, सप्तरी । सप्तरीमा सखुवाको खम्बामा बाँधेर महिलालाई कुटपिट तथा अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका–६ मंसापुर का ३८ वर्षीय दिलीप मण्डल रहेका छन् ।
गत जेठ २२ तिलाठी कोइलाडी गाउँपालिका–६ की २३ वर्षीया पार्वतीकुमारी मण्डललाई सामूहिक रूपमा सखुवाको खम्बामा बाँधेर अर्धनग्न बनाइ कुटपिट तथा अमानवीय व्यवहार गरेका थिए । पीडित पार्वतीले दिलीप मण्डलसहित चारजनाविरूद्व जिल्ला प्रहरी कार्यालय सप्तरीमा किटानी जाहेरी दिइएकी थिइन् ।
Read full story at source (onlinekhabar.com)